मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनिष खड्का रुकुम पश्चिम
२०७७ जेठ १६ शुक्रबार १५:०६:००
Read Time : < 1 मिनेट
समाचार

सोती घटनाका दोषीलाई कारबाही गर्न नेकपा रुकुमको माग 

Read Time : < 1 मिनेट
मनिष खड्का रुकुम पश्चिम
२०७७ जेठ १६ शुक्रबार १५:०६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले सोती घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग हुने र दोषीलाई कारबाही गर्न पार्टीले सरकारसँग माग गरेको हो । जेठ १० गते शनिबार जिल्लाको चौरजहारी नगरपालिका– ८ सोती गाउँमा भएको घटनाको नेकपाले भर्त्सनासमेत गरेको छ । यो घटनाले राजनीतिक परिवर्तनको स्तरमा सामाजिक र सांस्कृतिक रूपान्तरण अझै अपुग भएको नेकपाले निष्कर्ष निकालेको छ ।

घटनाका विषयमा कानुनी कारबाहीका लागि मुद्दाको प्रक्रियासमेत सुरु भइसकेको छ भने संघीय सरकारले समेत घटनाको यथार्थ छानबिनका लागि समिति गठन गरी काम सुरु गरिसकेको छ । ‘सरकारी संयन्त्रमार्फत भइरहेको छानबिन र अनुसन्धानलाई पार्टी र स्थानीय सरकारको तर्फबाट पूर्ण रूपले सहयोग गर्छौं,’ पार्टीको जिल्ला अध्यक्ष गोपाल शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेकपाले घटनाको पृष्ठभूमिमा अन्तर्जातीय प्रेम सम्बन्ध, स्थानीय र बाहिरबाट आएका युवाहरूबीचको विभिन्न अवस्थाको इगो र लकडाउन परिपालना गर्ने/गराउने मनोविज्ञान देखिए तापनि भेरी नदीको किनारमा पाँचजनाको शव भेटिएको र एकजना अझै बेपत्ता भएको अवस्थाले घटना गम्भीर प्रकृतिको रहेको निष्कर्ष निकालेको छ । यस अवस्थामा घटनाको गम्भीर छानबिन र अनुसन्धान गरी दोषीउपर कारबाही गर्न पार्टीले सरकारसँग माग गरेको हो ।

संघीय सांसद जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा पार्टीको जिल्ला कार्यालयले घटनाको अध्ययन गर्न चन्द्रबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले गम्भीर ढंगले काम गरिरहेको भन्दै थप अध्ययनसहितको प्रतिवेदन जिल्ला कार्यालयमा पेस गर्ने बताइएको छ । बैठकले पार्टी उत्पीडित वर्ग र समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।