मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १६ शुक्रबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार

ग्याँस पाइप लिक भएर आगलागी हुँदा पाँच घाइते

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार १३:५५:००

काभ्रेको बनेपा नगरपालिका–७ तरकारी बजारस्थित रुकेश ठकुरीको घरमा आज बिहान ग्याँस पाइप लिक भएर आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार ठकुरीको घरको तेस्रो तलामा रहेको भान्सा कोठामा भएको ग्याँसको पाइपको बीचबाट ग्याँस चुहिएर आगलागी हुँदा घरधनी रुकेश ठकुरीसहित पाँच जना घाइते भएका हुन् । घाइते अन्यमा रुकेशकै श्रीमती सोफिया ठकुरी र डेढ बर्षकी छोरी रचना ठकुरी तथा उनीहरूका आफन्त आयुष ठकुरी र मनिष शाह ठकुरी रहेका छन् ।

घाइतेहरूको तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएको थियो । शिर मेमोरियल अस्पतालबाट उनीहरू थप उपचारका लागि काठमाडांैको कीर्तिपुर बर्न सेन्टरमा रेफर गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताएका छन् । घाइतहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भान्सा कोठा पूर्णरूपमा क्षति भएको छ । बिहानै कोठामा चुरोट सल्काउने क्रममा आगलागी भएको बताइएको छ । प्रहरी निरीक्षक तिमल्सिनाले भने, ‘ग्याँस पाइपबाट ग्याँस चुहिएको अवस्थामा चुरोट सल्काउने क्रममा त्यहीँबाट आगो सल्केको भन्ने बुझिएको छ ।’ घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।