मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १६ शुक्रबार ०४:५७:००
Read Time : > 1 मिनेट
सप्तरंग

प्रधानमन्त्री ओलीको नयाँ गीत ‘बन्छ नमुना नेपाल’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १६ शुक्रबार ०४:५७:००

स्वदेशमै श्रम, विकास–निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दाे अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ । त्यसपछि प्राप्त हुने समृद्धिको परिकल्पना गरेका छन् प्रधानमन्त्री ओलीले ।

प्रधानमन्त्री केपी ओलीका दुईवटा कवितालाई संगीतकार शिशिर योगी गीत बनाउने तयारीमा छन्– ‘अब आँसु खसाउनु पर्दैन’ र ‘छानेर नि हैन, हैन जानी जानी । तर जन्मिएँ नेपालमै, म भाग्यमानी’ । एउटा गीतको कम्पोज नै तयार भइसकेको छ । लकडाउन खुलेपछि रेकर्ड गर्ने योजनामा छन् । यहीबीचमा प्रधानमन्त्रीको अर्को गीत बजारमा आएको छ– 
‘स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास’

‘बन्छ नमुना नेपाल’ शीर्षकको यो गीत गणतन्त्र दिवसको अवसर पारेर युट्युबमार्फत सार्वजनिक भएको छ । यसअघि प्रधानमन्त्रीका कविता सार्वजनिक भएका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा जेलमा रहँदा उनी कवितालेखनमा सक्रिय थिए । अब भने प्रधानमन्त्री ओलीको अर्को परिचय थपिएको छ गीतकार।

‘बन्छ नमुना नेपाल’ शीर्षकको यो गीत गणतन्त्र दिवसको अवसर पारेर युट्युबमार्फत सार्वजनिक भएको छ, जसमा मुलुकको समुन्नत विकासको परिकल्पना गरिएको छ ।

मुलुकको समुन्नत विकासको परिकल्पना गरिएको छ यस गीतमा । स्वदेशमा श्रम, विकास–निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दाे अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ । त्यसपछि प्राप्त हुने समृद्धिको परिकल्पना गरेका छन्, प्रधानमन्त्री ओलीले ।

तर, यो गीतै भनेर प्रधानमन्त्रीले लेखेका थिएनन् । यो कविता थियो, जुन २० वैशाखमा उनले रचना गरेका थिए । त्यही कवितालाई संगीतकार अशोककुमार राईले संगीत भरेका छन् । संगीतकार राईले प्रधानमन्त्रीको सचिवालयमार्फत कविता पाएका थिए । उनका अनुसार प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका युवा पुस्तालाई लक्षित गरेर यो गीत लेखेका हुन् । ‘समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लाग्यो,’ उनी भन्छन् ।

प्रधानमन्त्री ओलीका ‘खर्पन’, ‘मेरो जून हरायो’, ‘समृद्धिको सपना’, ‘अब आँसु खसाउनु पर्दैन’ कविताहरू प्रकाशित छन् । भर्खरै सार्वजनिक भएको यस गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिएका छन् । लकडाउनका कारण घरभित्रै बसिरहेका कलाकारहरूलाई मोबाइलमार्फत स्वर भर्न लगाएर तिनको संयोजन गरेका हुन् राईले । लकडाउनका वेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायक–गायिकालाई ट्र्याक पठाई मोबाइलमा स्वर भर्न लगाएर तिनलाई जोडेर गीत तयार पारिएको उनी बताउँछन् ।

गीतको म्युजिक भिडियो पनि तयार भएको छ । सावन श्रेष्ठ र सौहार्द राईले संयोजन गरेको भिडियो सार्वजनिक गरिएको छ । गीतले प्रवासमा रहेका नेपालीलाई ठूलो सन्देश दिने संगीतकार राईको विश्वास छ ।a