मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १५ बिहीबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार

पश्चिमी नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १५ बिहीबार १९:१२:००

मुलुकको पश्चिमी नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।

भारतको राजधानी दिल्लीसँग तीन सय ७९ किलोमिटर दूरीमा रहेको नेपाल प्रवेशद्वार कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा आज अपराह्न चार बजे राष्ट्रिय झण्डा स्थापना गरिएको हो । भीमदत्त नगरपालिकाले ७७ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखेको हो । यसअघि महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा नेपाल–भारतको राष्ट्रिय झण्डा राखिएको थियो । तर, भारतले पुल निर्माण भएको केही वर्षपछि नै नेपालको झण्डा हटाएको थियो ।

झण्डोत्तोलन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले विदेशबाट स्वदेश फर्कने नेपालीलाई नेपाल पुगेको खुसी महसुस हुने बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले देशका ७७ जिल्लालाई सम्बोधन गर्ने हिसाबले नेपालको झण्डा स्थापना गरिएको बताए । उनले झण्डा राखिएको क्षेत्रमा पार्क निर्माण गरिनेसमेत स्पष्ट पारे ।

झण्डाको सुरक्षा एवं रेखदेख सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले गर्नेछ । सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले नेपालको राष्ट्रिय झण्डाको संरक्षण एवं संवर्द्धनको जिम्मा सशस्त्र प्रहरीले गर्ने बताए । नेपाल–भारत सीमा क्षेत्र गड्डाचौकीको ८०५/१ (७) सीमा पिलर पश्चिमतर्फ भारतले केही वर्षअघि गेट निर्माण गरेको थियो । नेपालले अहिले झण्डा स्थापना गरेसँगै दुवै देशको पहिचान झल्किएको छ ।