१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार

सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:२०:००

सरकारले सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दायित्व तथा न्यायमा आधारित हुने गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गरिने उल्लेख छ । खतिवडाले राष्ट्रिय हित प्रवर्द्धन गर्न छिमेकी, विकास साझेदार, श्रम गन्तव्यसहित सबै मुलुकसँगको सम्बन्ध सुदृढ गरिने पनि उल्लेख गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा, मर्यादित रोजगारीको निरन्तरता तथा सामाजिक संरक्षणका लागि विदेशस्थित कूटनीतिक नियोगहरूलाई परिचालन गर्ने सरकारी नीति छ । खतिवडाले आगामी वर्षदेखि विद्युतीय राहदानी लागू गरिने, विदेशी नागरिकलाई  नेपाल आगमनका लागि अनलाइन प्रणालीबाट भिसा उपलब्ध गराइनेसमेत बजेटमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री खतिवडाले गैरआवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्र विकासमा उपयोग गरिने, विदेशमा जोखिममा रहेका नेपालीहको उद्धारमा गैरआवासीय नेपालीलाई उपयोग गरिनेसमेत बजेट मन्तव्यमा उल्लेख गरेका छन् ।