मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना नियन्त्रणमा खटिएकाहरूलाईबाहेक अन्यलाई दिइने सबै प्रकारका भत्ता खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:१५:००

सरकारले कर्मचारी तथा अन्य निकायका पदाधिकारीहरूले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ । 

कोरोना रोकथाममा खटिएका कर्मचारीबाहेक अन्यलाई कुनै पनि बैठकभत्तालगायत सबै भत्ता कटौती गरिएको हो । 

त्यस्तैगरी आन्तरिक र वैदेशिक भ्रमणमा पनि पूर्ण रोक लगाइएको छ । 

सवारीसाधन मर्मत, खरिद तथा इन्धन पनि कटौती गरिएको घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।

सरकारी खर्च कटौती गर्न यस्तो नीति अपनाइएको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।