मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भूकम्पपछिको पुनर्निर्माण आगामी वर्ष पूरा गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:०२:००

सरकारले भूकम्पपछिको पुनर्निर्माणका सम्पूर्ण काम आगामी वर्षभित्र पूरा गर्ने भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रानीपोखरी, धरहरा, सिंहदरबारलगायत सबै पुनर्निर्माणका काम आगामी वर्ष पूरा गरिने बताए । 

उनले निजी आवास, सरकारी भवनलगायत पुनर्निर्माणका कामका लागि ५५ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 

भूकम्पबाट क्षति पुगेका विद्यालयका भवन पुनर्निर्माण गर्न स्थानीय तहसँगको साझेदारीमा निर्माणको काम अघि बढाइने उनले बताए ।