१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार

पूर्व–पश्चिम राजमार्गलाई एसियाली मापदण्डको बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:५३:००

पूर्व–पश्चिम राजमार्गलाई आगामी चार वर्षभित्र एसियाली मापदण्डको बनाउन सरकारले १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट भाषणमा यी सडकलाई चार लेनको हुने बताए ।

त्यसैगरी, पुष्पलाल राजमार्गलाई आठ अर्ब, हुलाकी राजमार्गलाई सात अर्ब एक करोड र मदन भण्डारी राजमार्गका लागि तीन अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।