मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपत्यकामा ‘रात्रिकालीन सम्पदा यात्रा कार्यक्रम’ विस्तार गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:३५:००

सरकारले भक्तपुरबाट सुरु भएको रात्रिकालीन सम्पदा यात्रा कार्यक्रमलाई उपत्यकाव्यापी बनाउने भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै विश्व सम्पदा सूचीको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा पर्यटकलक्षित रात्रिकालीन सम्पदा यात्रा कार्यक्रमलाई काठमाडौं र ललितपुरका सम्पदा क्षेत्रमा समेत सञ्चालन गरिने बताए । 

उनले कीर्तिपुरमा राष्ट्रिय संस्कृति संग्रहालय निर्माणको काम अघि बढाउने र उपयुक्त ठाउँमा बृहत् सहिद पार्क निर्माणको काम अघि बढाउने बताए । 

मन्त्री खतिवडाले नेपालमा रहेका विश्व सम्पदा क्षेत्रको संरक्षणमा उचित ध्यान पुऱ्याइने र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल थालिने बताए ।