मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १५ बिहीबार १७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवाखाजाकाे व्यवस्था

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार १७:२६:००

सरकारले आगामी वर्षदेखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ को बजेटमा यस्तो व्यवस्था गरेका हुन् । 

यसअघि ४३ जिल्लामा दिवाखाजाकाे व्यवस्था थियो । दिवाखाजाबाट सामुदायिक विद्यालयका २८ लाख बालबालिका लाभाम्वित हुनेछन् ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न एक खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।