मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १६:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान घटाइएको छैन : अर्थमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १६:५७:००

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राजश्व संकलनमा संकुचन आए पनि बजेटमा समानीकरण र विशेष अनुदानलाई यथावत् राखेको जानकारी दिएका छन् । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष प्रदेशलाई ५५ अर्ब १९ करोड रुपैयाँ समानीकरण अनुदान दिएको बताए । 

त्यसैगरी स्थानीय तहलाई ९० अर्ब समानीकरण अनुदानको व्यवस्था गरेको पनि उनले जानकारी दिए ।