१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नरजन तामाङ
२०७५ माघ १३ आइतबार ११:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

कोल्डस्टोरमै थन्कियो स्याउ 

Read Time : < 1 मिनेट
नरजन तामाङ
२०७५ माघ १३ आइतबार ११:३७:००

बजार नपाउँदा हुम्लाको लादुगाउँको स्याउ कोल्डस्टोरमै थन्किएको छ । नमुना कृषि बस्तीका रूपमा रहेको सिमकोट नगरपालिका–३ का सबै किसानले स्याउ खेती गर्छन् । 

उन्नत प्रविधिमार्फत कृषि खेती गरिँदै आएको लादुगाउँमा जिल्लाकै राम्रो स्याउ उत्पादन छ । सडक नभएको र बजार टाढा भएकाले यो वर्ष उत्पादिन स्याउ कोल्डस्टोरमै रहेको स्थानीय धनबहादुर लामाले बताए । ‘सिमकोट पुग्न दुई घन्टा लाग्छ, बोकेर लग्न मुस्किल हुन्छ,’ लामाले भने । 

सिमकोटमा पनि उचित मूल्य नपाइने र ढुवानी भाडा निकाल्न पनि गाह्रो हुने गरेको स्याउ किसानको भनाइ छ । यस वर्ष १० टनभन्दा बढी स्याउ उत्पादन भएको कार्साङ लामाले बताए । ‘यस वर्ष मात्रै होइन, हरेक वर्ष कोल्डस्टोरमै कुहिन्छ । यस वर्ष पनि कुहिने अवस्था छ,’ उनले भने ।