मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ जेठ १५ बिहीबार १६:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रुकुमको चौरजहारीमा भएकाे घटनामा बेपत्ता थप एकजनाको शव भेटियो

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार १६:०१:००

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा शनिबार भएको घटनामा बेपत्ता भएकामध्ये थप एकजनाको शव बिहीबार भेरी नदीमा फेला परेको छ ।

शनिबार भएको घटनापछि हराइरहेका भेरी नगरपालिकाका– ४ का १९ वर्षीय सन्दीप विकको शव कालाभुरनजिक फेला परेको हो । 

योसमेत घटनामा परी बेपत्ता भएका ६ जनामध्ये पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख डिएसपी योग्य बस्नेतले जानकारी दिए । 

घटनापछि हराएका भेरी नगरपालिका– ११ का गोविन्द शाही अझै फेला परेका छैनन् । भेरी नगरपालिका– ४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । 

हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले खोज्न कठिन भएको गोताखोरले बताएका छन् । अन्तर्जातीय प्रेमका कारण गत शनिबार पश्चिम रुकुमको चौरजहारी– ८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो । 

घटना भएको ५ दिनसम्म पनि हराएकाहरू सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेका आशंकामा सशस्त्र प्रहरी गण शमशेरगन्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो  । तर, नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएका र शंकास्पद स्थानमा छामेर खोज्नुपरेको बस्नेतले  जानकारी दिए । 

हिउँ पग्लिएर पानीको बहाव बढेको र पानी धमिलो भएकाले खोजी कार्यमा कठिनाइ भएको उनले बताए ।