१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ १५ बिहीबार १५:१३:००
Read Time : < 1 मिनेट
समाचार

आमाको हत्यापछि छोराले गरे आत्महत्या

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार १५:१३:००

मोरङको बेलबारी नगरपालिका– ४ काकुम बुधबारेमा एक युवाले आफ्नी आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । 

बिहीबार ३१ वर्षीय जीवन लिम्बूले चुलोबाट इँटा निकाली प्रहार गर्दा ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । 

आमाको हत्या गरेपछि हतारहतार गरी जीवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी काट्ने चक्कुले आफनो घाँटी रेटेर घाइते भएको प्रहरी निरीक्षक ढकालले बताए । 

ढकालका अनुसार घाइते जीवनको उपचारका क्रममा सामुदायिक नोवेल अस्पताल बेलबारीमा मृत्यु भएको हो । जीवन लागुऔषध दुर्व्यसनकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

आमा–छोराबीच सामान्य झगडा हुँदा जीवनले इँटा प्रयोग गरेर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । लिम्बू अविवाहित हुन् ।