मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
विश्व

ट्विटरसँगको विवादपछि सबै सामाजिक सञ्जाल नियन्त्रण गर्ने  कानुनमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १४:०६:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नियन्त्रणमा लिने उद्देश्यले एक कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने सक्ने जनाइएको छ ।

ट्विटरको नीति उल्लंघन गर्ने किसिमले बुधबार ट्रम्पले एक ट्विट गरेका थिए । 

मतपत्रहरूमा जालसाजी हुने भनिएको उनको ट्विटलाई तथ्य पुष्टि गर्न भन्दै ट्विटरले सावधानी देखाएको थियो ।

त्यसपछि ट्रम्पले सामाजिक सञ्जाल ट्विटरलाई नै बन्द गरिदिने धम्की दिएका छन् । 

यद्यपि ट्रम्पलाई यो अधिकार छ वा छैन भन्ने कुरा अमेरिकी कानुनी हिसाबमा पुष्टि भने छैन ।

बिहीबार ट्रम्पले गुगल, ट्विटर र फेसबुकमाथि नियन्त्रण गर्न सक्ने किसिमको एक निर्देशनमा हस्ताक्षर गर्न सक्ने जनाइएको छ ।

यद्यपि उनले हस्ताक्षर गर्ने निर्देशनको स्पष्टता भने बाहिर आइसकेको छैन । 

अमेरिकी राष्ट्रपतीय चुनाव आउन केही महिना बाँकी रहँदा ट्रम्पले सामाजिक सञ्जालहरूले पक्षपात गर्ने आरोप लगाएका छन् ।

यसबीच फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि ट्रम्पको साथ दिएका छन् । 

उनले ट्विटरले ट्रम्पको पोष्टमा तथ्य जाँच माग्नु ट्विटरको गल्ती भएको बताएका हुन् । गुगलले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । 

विश्वकै ठूला अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरूमाथि नियमन गर्न अन्य कुनै बाटो नदेखेपछि ट्रम्पले नयाँ कमद चाल्न खोजेका हुन् । 

धारा ३२० मा रहेको भनिएको एक विवादास्पद कानुनले टेक कम्पनीहरूलाई उनीहरूको प्लेटफर्ममा रहेका कमेन्ट, भिडियो र कन्टेन्टको नियमनबाट बचाउँछ । 

अर्थात् उक्त कानुनले स्वतन्त्र बोलीको हक भनेर सञ्जालमा जस्तोसुकै टीकाटिप्पणी पनि गर्न पाउने बनाइदिन्छ । 

यसले सामाजिक सञ्जालहरूमा विज्ञापनसम्बन्धी नीतिहरूलाई पनि असर पार्नेछ ।

(एजेन्सी)