मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १५ बिहीबार १३:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

दैलेखमा आठजना कोरोना संक्रमित थपिए, एकवर्षे बालकमा पनि देखियो संक्रमण

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार १३:३८:००

नारायण नगरपालिकामा २० वर्षीया आमासँगै भारतबाट आएका एक वर्षीय बालकमा पनि कोरोना संक्रमण पाइएको छ । 

आमासँगै आएका उनको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । 

संक्रमित बालक आमासँगै क्वारेन्टाइनमा बसेका छन् । 

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले विज्ञप्ति जारी गर्दै बिहीबार नयाँ आठजनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । 

पछिल्ला सबै आठजना संक्रमित दैलेखका रहेकोले दैलेखमा संक्रमितको सङ्ख्या आठबाट १६ पुगेको छ । 

बिहीबार संक्रमण देखिनेमा नारायण नगरपालिका २६, १९, ३०, ३६, ४० वर्षीय पुरुष रहेका छन् । त्यसैगरी सोही नगरपालिकाका २० वर्षीया महिला र उनका एक वर्षीय छाेरा रहेका छन् । त्यसैगरी नारायण नगरपालिकाकै एक १५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित सबै १६ जना भारतबाट आएको स्वास्थ्य कार्यालय दैलेखका फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् । संक्रमितहरू सबै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए । 

दैलेखमा थप आठजना थपिएसँगै कर्णाली प्रदेशमा कुल सङ्क्रमितको संख्या ४६ पुगेको छ । जसमा सुर्खेतका ३० र दैलेखका १६ रहेका छन् ।

कर्णाली प्रदेशमा यसअघि ३८ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद तिवारीले जानकारी दिए ।