Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ जेठ १५ बिहीबार १२:३६:००
Read Time : < 1 मिनेट
खेलकुद

प्रिमियर लिगका थप चार खेलाडीमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ १५ बिहीबार १२:३६:००

कोरोना भाइरसको महामारीका कारण मार्चदेखि स्थगित गरिएको इंग्लिस प्रिमियर लिग पुनः सुरु गर्ने तयारी गरिरहँदा थप चारजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

थप खेलाडीमा कोरोना संक्रमण देखिएपछि लिगका सबै क्लबहरू कन्ट्याक ट्रेसिङ गर्न सहमत भएका छन् । 

प्रिमियर लिगले गरेको तेस्रो चरणको परीक्षणमा तीन क्लबका चारजना खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस चरणमा क्लबका खेलाडी तथा पदाधिकारी गरी एक हजार आठजनाको कोरोना परीक्षण गरिएको थियो । 

हालसम्म लिगका दुई हजार सात सय ५२ जनाको परीक्षण भएको छ । जसमध्ये १२ जनामा भाइरस संक्रमण भएको छ । 

लिगले सबै खेलाडी र पदाधिकारीको सातामा दुईपटक परीक्षणलाई निरन्तरता दिने र एकपटकमा प्रत्येक क्लबका ५० देखि ६० जनासम्मको परीक्षण गरिने बताएको छ । 

लिग स्थगित भएदेखि पहिलोपटक खेलाडीहरूले गत सातादेखि सानो समूहमा अभ्यास सुरु गरेका छन् ।  प्रिमियर लिगमा यो सिजनको ९२ खेल बाँकी रहेका छन् ।