मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
अन्तरिक्ष प्रक्षेपणका लागि तयार पारिएकाे स्पेस-एक्स र अन्तरिक्षयात्री डग हर्ली र बब बेहनकेन।
एजेन्सी
२०७७ जेठ १५ बिहीबार ११:२१:००
Read Time : < 1 मिनेट
विश्व

स्पेस-एक्सको अन्तरिक्ष प्रक्षेपण अन्तिम समयमा रोकियो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ १५ बिहीबार ११:२१:००

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्री पठाउन लागिएको स्पेस-एक्सको प्रक्षेपण अन्तिम समयमा रोकिएको छ । खराब मौसमका कारण अन्तरिक्ष प्रक्षेपण अन्तिम चरणमा पुगेर रोकिएको हो । नाै वर्षपछि अमेरिकी भूमिबाट नासाले दुई अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने तयारी गरेकाे थियो ।

हिजो (बुधबार) अमेरिकी समयअनुसार दिउँसो ४ बजेर ३३ मिनेटमा प्रक्षेपणका लागि तयारी भएको थियो । १६ मिनेटअघिदेखि चट्याङ र हावाहुरी चलेका कारण अन्तरिक्षयात्रु बोकेको रकेट अन्तरिक्षमा जानबाट रोकिएको हो ।

अब दोस्रो प्रक्षेपणको तयारी मे ३० अर्थात् शनिबारका लागि तय गरिएको छ । प्राइभेट रकेट कम्पनी स्पेस–एक्सले बनाएको फलकोन नाइन रकेट र क्याप्सुल ड्रयागनमा अन्तरिक्षयात्रुहरूलाई नासाले अन्तरिक्षमा पठाइरहेको थियो ।

यसअघि सरकारी संस्था नासाले आफैँले रकेट बनाएर अन्तरिक्षयात्रुहरूलाई अन्तरिक्षमा पठाउँदै आएको थियो । जसकारण नासाले ठूलो खर्च व्यहोर्दै आएको छ। अहिले एलनमस्कको कम्पनी स्पेस–एक्सले भने अन्तरिक्षमा जान चाहने जोसुकैलाई पनि भाडामा रकेट दिने किसिमले रकेट बनाएको छ ।

नासाले पनि भाडा तिरेर अन्तरिक्षयात्री पठाइरहेको छ । फलकोन नाइन रकेटले गत वर्ष विनायात्रु अन्तरिक्षमा पुगेर सफल अवतरण गरेका कारण योजना सफल हुने आशा गरिएको छ ।

इतिहासमै पहिलोपटक कुनै प्राइभेट कम्पनीले रकेट बनाएर अन्तरिक्षमा भाडामा यात्रु पठाउने काम सुरु गर्न लागेकाले यो योजनालाई महत्वपूर्ण मानिएको छ ।