मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०९:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गणतन्त्रले गुणात्मक परिवर्तनकाे प्रतिनिधित्व गरेकाे छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०९:३८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रले गुणात्मक  परिवर्तनकाे प्रतिनिधित्व गरेकाे बताएका छन् । १३औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो कुरा बताएका हुन् ।  

गणतन्त्र दिवसका अवसरमा उनले जारी गरेकाे शुभकामना सन्देशमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौँ वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिवर्तनकाे प्रतिनिधित्व गरेको छ । यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ ।’ 

अध्यक्ष प्रचण्डले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली दिँदै बेपत्ता र घाइतेप्रति उच्च सम्मान प्रकट गरेका छन् । साथै उनले विश्वव्यापी महामारीकाे रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र उपचारको अग्रमोर्चामा खटिएकाप्रति पनि सम्मान व्यक्त गरेका छन् ।