१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०६:३१:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल पुनर्बिमा कम्पनीको आइपिओ सूचीकरण यसै साता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०६:३१:००

नेपाल पुनर्बिमा कम्पनीको आइपिओ यसै साताभित्र सूचीकरण हुने भएको छ । सूचीकरणका लागि डाटा नेप्सेमा बुझाएको कम्पनीका बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले बताए । बैंक अत्यावश्यक क्षेत्रमा परे पनि क्यापिटल त्यसभित्र नपरेका कारण घरैबाट काम सक्ने गरी काम भइरहेको उनको भनाइ छ  । 

सिडिएसबाट अभौतिकीकरण भइसकेको बताउँदै उनले अब डाटा अपलोड गर्ने काम मात्र बाँकी रहेको जानकारी दिए । यही साताभित्रै डाटा अपलोड गरी सूचीकरण गर्ने तयारीमा रहेको उनको भनाइ छ । यता, नेप्सेका अनुसार सूचीकरणका लागि पत्र आए पनि बुधबार नै सूचीकरण हुने–नहुने अन्योल रहेको 
जानकारी दिए । 

सिडिएस क्लियरिङ लिमिटेड (सिडिएस)ले कम्पनीको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १ सयका दरले १० करोड कित्ता साधारण सेयर (आइपिओ) सिडिएसमा कारोबार हुन सक्ने गरी धितोपत्र अभौतिकीकरण गरेको छ । 

पुनर्बिमा कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म १ अर्ब ६० करोडबराबरको आइपिओ सर्वसाधारणलाई बिक्री गरी लकडाउनकै बीच गत चैत २६ गते बाँडफाँड गरेको थियो । सिडिएसले १ करोड ६० लाख कित्ता सर्वसाधारण सेयर र ८ करोड ४० लाख कित्ता संस्थापक सेयरसमेत गरी १० करोड कित्ता साधारण सेयर धितोपत्रसम्बन्धी ऐन २०६३ तथा सोअन्तर्गतका नियम तथा विनियमबमोजिम सिडिएसमा अभौतिकीकरण गरिएको हो ।