मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०६:२८:००
Read Time : < 1 मिनेट
अर्थ

कर्णाली प्रदेशमा पिसिआर मेसिन किन्न नबिल बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०६:२८:००

नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ । बैंकले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु-याउने उद्देश्यले कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा एक थान पिसिआर मेसिन खरिदका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।

 बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई २८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो । आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग पुग्ने तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकको विश्वास छ ।