मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ जेठ १५ बिहीबार ०८:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

वीरगन्जको गण्डक अस्पतालबाट थप चार संक्रमित  डिस्चार्ज 

पछिल्लो चार दिनयता पर्साको नारायणी र गण्डक अस्पतालबाट ९५ संक्रमित निको भएर घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार ०८:०६:००

वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका चारजना संक्रमित बुधबार डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा दुई पुरुष र दुई महिला छन्।
 
अस्पतालमा भर्ना भएदेखि दुईपटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए  । बुधबार राति ८ बजे डिस्चार्ज गरिएका संक्रमित सबै पर्साका हुन्।

पछिल्लो चार दिनयता पर्साको नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।