मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १५ बिहीबार ०५:११:००
Read Time : < 1 मिनेट
समाचार

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा लागू

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार ०५:११:००

कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा बुधबार राति १० बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

कुरुम्बाङले बुधबार बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन् । कोभिड– १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्लाभर प्रतिकूल प्रभाव पार्ने कुनै पनि गतिविधि हुन–गर्न नदिन, राजपत्रमा तोकिएको आवश्यक सेवाबाहेकका अन्य सबै सेवा अर्को आदेश नभएसम्म जिल्लाभर नगर्न–नगराउन निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । 

निषेधाज्ञा अवधिभर भोजनालय, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल, औषधि पसल, औषधि ढुवानी सेवा, मालसामान ओसारपसार, छापाखाना, खानेपानी सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा पशुपन्छीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपबाहेक अन्य कार्यालय तथा पसल सञ्चालन गर्न पाइनेछैन । कोरोनाको संक्रमणबाट जोगिन सबै खालका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायत नगर्न तथा भिडभाड गर्न–नगराउन प्रशासनले आग्रह गरेको छ ।