मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०४:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुई महिनामा एक अर्बको राहत वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०४:५५:००

लकडाउन सुरु भएयता सरकारले एक अर्ब रुपैयाँभन्दा बढीको राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका असंगठित मजदुर, अपांगता भएका व्यक्ति तथा विपन्न वर्गलाई राहत वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १० लाख ७५ हजारजनालाई राहत वितरण गरेको विवरण स्थानीय तहबाट आएको मन्त्रालयको भनाइ छ । ‘१० लाख ७५ हजारले राहत पाइसकेका छन् । त्यसमा ठ्याक्कै कति खर्च भयो भन्ने विवरण आउँदै छ, एक अर्बभन्दा अलि बढी खर्च भएको भन्ने छ,’ संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने ।

सरकारले स्थानीय तहमार्फत राहत वितरण गर्दै आएको छ । ग्रामीणभन्दा सहरी क्षेत्रमा धेरै राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सरकारले राहत लिन आउनेलाई रोजगारीमा लगाउन थालेको छ । स्थानीय तहले विकास निर्माण तथा सरसफाइका काममा लगाएर उनीहरूलाई श्रमको ज्याला दिने गरेको छ । श्रम गर्न नसक्नेलाई भने श्रम गर्नेले पाउने राहतको २५ प्रतिशत मात्र दिइने राहतका लागि रोजगारीसम्बन्धी मापदण्डमा उल्लेख छ । दर्जनौँ स्थानीय तहले यसलाई कार्यान्वयनमा लगिसकेका छन् ।