मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
बनबासा गड्डाचौकी नाका हुँदै बुधबार नेपाल प्रवेश गर्नेको भीड ।
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १४ बुधबार २१:१२:००
Read Time : < 1 मिनेट
समाचार

चार घन्टा खुलेको गड्डाचौकी नाकाबाट १५ सय ८६ नेपाली भित्रिए 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ १४ बुधबार २१:१२:००

कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधबार चार घन्टामा एक किरियापुत्रीसहित एक हजार पाँच सय ८६ नेपाली भित्रिएका छन् भने दुई सय ५४ जना भारतीय नागरिक भारततर्फ गएका छन् । 

बाजुरा सूर्योदय गाउँपालिकाका सुशील विक (किरियापुत्री)सहित करिब १६ सय जना नेपाल भित्रिएका हुन् । भारत उत्तराखण्डको पिथौरागढमा रहेका सुशीलका बाबु सात दिनअघि बितेका हुन् । ‘म पिथौरागढ बस्ने, बुबा अलमोडामा हुनुहुन्थ्यो,’ सुशीलले भने, ‘बुबा बिरामी हुनुहुन्थ्यो, एक्कासि बित्नुभयो ।’

भारतमै किरिया बसेका सुशीलले वनबासादेखि गड्डाचौकी नाका खुलेपछि नेपाल आएको बताए । अब घरमै बसेर परम्पराअनुसार किरिया गर्ने उनले बताए । 

सोमबारयता तीन दिनमा गड्डाचौकी नाकाबाट चार हजार नौ सय १८ नेपाली भित्रिएका छन् । गड्डाचौकी पुगेका नेपालीलाई सम्बन्धित स्थानीय तह र जिल्लासँग समन्वय गरेर प्रशासनले गन्तव्यसम्म पुऱ्याइरहेको छ । उनीहरूलाई महेन्द्रनगरका स्थानीय यातायात व्यवसायीले गन्तव्यसम्म पुऱ्याइरहेका छन् ।