मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ १४ बुधबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार

सांसद लक्ष्मी परियार भन्छिन्– जातीय विभेद र छुवाछूतप्रति सरकार गम्भीर भएन

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार १५:४८:००

सांसद लक्ष्मी परियारले जातीय विभेद तथा छुवाछूतप्रति सरकार गम्भीर नभएको आरोप लगाएकी छिन् । 

सरकारले संविधानको कार्यान्वयन नगरेको समेत उनको आरोप छ । 

बुधबार प्रतिनिधिसभा बैठकमा उनले सरकारसँग प्रश्न गर्दै भनिन्, ‘जातीय विभेद तथा छुवाछूतप्रति सरकार किन संवेदनशील छैन ? ६० लाख दलित समुदायमाथि किन यति ठूलो कुठाराघात भइरहेको छ ? संविधानको धारा २४ प्रति सरकारको किन दृष्टि परिरहेको छैन ? के ६० लाख दलित समुदायलाई मारेरै सिद्धाउने हो ? यदि होइन भने संविधानमा भएको प्रावधान कानुन कार्यान्वयन हुनुपऱ्यो ।’

संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । 

जातभातको ठेकेदारी गर्नेहरूलाई खुलमखुला छोडेर मनपरी गर्न दिएको उनले आरोप लगाइन् । 

रुकुम घटनामा मृतक परिवारले क्षतिपूर्तिसहित न्याय पाउनुपर्ने उनको माग छ । 

उनले थपिन्, ‘दोषी वा अपराधीहरू यो वा त्यो नाममा उम्कन नपाउन् । त्यो घटनामाथि राजनीति नहोस् । केही तोडमोड गरेर अपराधी उम्के भने त्यसको परिणाम ज्यादै नराम्रो हुनेछ ।’