१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ जेठ १४ बुधबार १३:४४:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरस :अमेरिकाको बायोटेक्नोलोजी कम्पनीद्वारा अस्ट्रेलियामा खोप परीक्षण सुरु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ १४ बुधबार १३:४४:००

अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अस्ट्रेलियामा एक व्यक्तिमा खोप परीक्षण गरेको छ । अस्ट्रेलियाको सहयोगी संस्था न्युक्लियस नेटवर्कका संक्रामक रोग विशेषज्ञ पल ग्रिफिनले मेलबोर्नमा ६ जना स्वयंसेवीलाई खोप दिएको जानकारी दिए । 

‘मेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ,’ कम्पनीका अनुसन्धान प्रमुख डा. ग्रेगरी ग्लेनले बताए।

कोरोना भाइरसविरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरू चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर, अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन् । 

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘हामी समानान्तर डोज बनाउँदैछौँ र हामी यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौँ ।’

पशुहरूमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको छ । उनले नोभाभाक्सले यस वर्ष कम्तीमा १० करोड डोज र सन् २०२१ भित्रमा १ अर्बभन्दा बढी डोज उत्पादन गर्न सकिने बताए । 

यस खोपलाई एनभिएक्स–कोभ २३७३ नाम दिइएको छ । खोप विकासका लागि मार्चयता नर्वेस्थित एक संस्थाले ३८ करोड ८० लाख डलर लगानी गरेको छ ।

मेलबोर्न र ब्रिस्बेनमा क्लिनिकल परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा आउने आशा गरिएको नोभाभाक्सले जनाएको छ । धेरैवटा मुलुकका अरू हजारौँ व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिनेछ ।