१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १४ बुधबार ११:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रुकुम घटनाबारे नेपाल बार एसोसिएसन : घटनामाथि गम्भीर अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही होस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १४ बुधबार ११:५७:००

नेपाल बार एसोसिएसनले पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८ मा भएको घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 

बारका महासचिव लीलामणि पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै जातकै कारण कसैको मृत्यु हुनेसम्मको घटना घटाइनु ज्यादै निन्दनीय तथा अमानवीय अपराध एवं मानव समाजको लज्जाको विषय भनेका छन् । 

बारले घटनाका विषयमा यथाशीघ्र र तदारुकताका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाई पीडितको उचित संरक्षणसहित दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । 

बारले यस्ता अमानवीय घटना दोहोरिन नदिन सरकारले ठोस कदम चाल्नुपर्नेसमेत माग गरेको छ । 

गैरदलित युवतीसँगको प्रेम सम्बन्धका कारण रुकुमको चौरजहारी नगरपालिका– ८ मा भएकोजस्ता घटना पुन: दोहोरिन नदिन सरकारले सचेतना फैलाउनुपर्ने बारको माग छ । 

प्रेमिकालाई भगाएर विवाह गर्न चौरजहारी पुगेका युवाहरूलाई गाउँलेले आक्रमण गरेपछि जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विक र गणेश बुढा तथा चौरजहारी नगरपालिका–८ का टीकाराम नेपालीको ज्यान गएको थियो । 

ज्यान बचाउन खोलामा हामफालेका अन्य तीनजनाको अवस्था अझै अन्योल नै रहेको छ ।