Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १४ बुधबार १०:५८:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनकै वेला नेपाल पुनर्बिमा कम्पनीको आइपिओ सूचीकरण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १४ बुधबार १०:५८:००

नेपाल पुनर्बिमा कम्पनीको आइपिओ यसै साताभित्र सूचीकरण हुने भएको छ । 

कम्पनीका बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले सूचीकरणका लागि तथ्यांक नेप्सेमा बुझाएको जानकारी दिए । 

बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्रमा परे पनि क्यापिटल क्षेत्र त्यसभित्र नपरेका कारण घरैबाट काम सक्ने गरी काम भइरहेको प्याकुरेलले बताए ।

‘अभौतिकीकरण सिडिएसबाट भइसकेको छ, अब डाटा अपलोड गर्न बाँकी छ । मंगलबारसम्म डाटा अपलोडको काम सम्पन्न भइनसकेका कारण रोकिएको हो, अब बुधरबार सकियो भने बुधबार र नसके यस साताभित्रै सूचीकरण गर्ने तयारीमा रहेको छ,’ उनले भने । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सूचीकरणका लागि पत्र आए पनि बुधबार नै सूचीकरण हुने–नहुने अन्योल रहेको जनाएको छ । 

पुनर्बिमा कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म  १ अर्ब ६० करोडबराबरको आइपिओ सर्वसाधारणलाई बिक्री गरी लकडाउनकै बीच गत २६ मा बाँडफाँड गरेको थियो

सिडिएस क्लियरिङ लिमिटेड (सिडिएस)ले कम्पनीको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० का दरले १० करोड कित्ता साधारण सेयर(आइपिओ) सिडिएसमा कारोबार हुन सक्ने गरी अभौतिकीकरण गरेको छ । 

सिडिएसले १ करोड ६० लाख कित्ता साधारण सेयर र ८  करोड ४० लाख कित्ता संस्थापक सेयरसमेत गरी १० करोड कित्ता साधारण सेयर धितोपत्रसम्बन्धी ऐन २०६३ तथा सोअन्तर्गतका नियम तथा विनियमबमोजिम सिडिएसमा अभौतिकीकरण गरेको हो । 

११ जेठमा नेपाल पुनर्बिमा कम्पनीको संस्थापकसहित १० करोड कित्ता सेयर सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण भइसकेकोसमेत सिडिएसले जानकारी दिएको छ ।

कम्पनीको सेयर कारोबार भने नेप्सेमा सूचीकरणपछि मात्र हुन सक्नेछ ।