मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस कञ्चनपुर
२०७७ जेठ १४ बुधबार ०९:४२:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षको मृत्यु  

Read Time : < 1 मिनेट
रासस कञ्चनपुर
२०७७ जेठ १४ बुधबार ०९:४२:००

क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका वेला एक्कासि बेहोस भएका रानाको मंगलबार राति मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाएर खाना खाएपछि क्वारेन्टाइन पुगेका थिए ।     

‘नयाँ क्वारेन्टाइन स्थापना गरिएको थियो,’ नगरप्रमुख कर्णबहादुर हमालले भने, ‘राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उनको मृत्यु भएको छ ।’ वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने हमालले बताए ।

मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात् स्वाबको नमुना संकलन गरी कोरोना परीक्षण गरिनेछ ।