मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ जेठ १४ बुधबार ०८:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

वीरगन्जमा थप २१ जना संक्रमित डिस्चार्ज

पछिल्लो तीन दिनयता पर्साको नारायणी र गण्डक अस्पतालबाट ९१ जना संक्रमित निको भएर घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार ०८:४८:००

वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ३० कोरोना संक्रमितमध्ये २१ जना संक्रमित मंगलबार डिस्चार्ज भएका छन्। निको भएर डिस्चार्ज हुनेमा १६ पुरुष पाँच महिला छन्।

अस्पतालमा भर्ना भएदेखि दुईपटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । मंगलबार राति  डिस्चार्ज हुने संक्रमित सबै पर्साका हुन्।

पछिल्लो तीन दिनयता पर्साको नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।