१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १३ मंगलबार २२:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

म भारत जाँदिनँ भनेर अफवाह फैलाइयो : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार २२:४५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अतिक्रमित भूमि समेटेर नक्सा जारी गरे पनि कूटनीतिक प्रयास र वार्ताको माध्यमबाटै समस्या समाधान गर्न चाहेको बताएका छन् । सर्वदलीय बैठकमा उनले आफू र मन्त्रीहरू भूमि फिर्ता नभएसम्म भारत नजाने निर्णय गरेको भनेर अफवाह फैलाइएकोसमेत गुनासो राखेका थिए 

‘हामीले वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ, तर अहिले हामी भारत जाँदैनौँ, मन्त्रीहरू पनि जाँदैनन्, म पनि जाँदिनँ भनेर बाहिर जुन प्रचार गरिएको छ, त्यो शतप्रतिशत अफवाह मात्र हो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘मैले कहिल्यै त्यस्तो भनेको छैन । ०७२ को नाकाबन्दीका वेला भारत भ्रमण गर्ने सन्दर्भमा अहिले वाञ्छनीय हुँदैन भनेको हुँ, तर अहिले हामी द्विपक्षीय छलफलबाटै समस्या समाधान गर्न चाहन्छौँ, वार्ता र कूटनीतिक प्रयासबाटै अघि बढ्छौँ, अफवाहको पछि लाग्न केही आवश्यक छैन, हामी र हाम्रोतर्फबाट त्यस्तो केही पनि नभनिएको कुरामा स्पष्ट हुन म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’ 

बैठकका दलका शीर्ष नेताहरू सहभागी थिए । नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत पनि सहभागी थिए ।