मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १३ मंगलबार २२:३२:००
Read Time : < 1 मिनेट
समाचार

निर्माण पूरा नहुँदै कोरोना विशेष अस्पतालमा बिरामी भर्ना

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार २२:३२:००

जलेश्वरस्थित निर्माणाधीन कोरोना विशेष अस्पतालमा बिरामी भर्ना गरिएको छ । अस्पतालको भौतिक संरचना निर्माण अन्तिम चरणमा रहे पनि महोत्तरीमै  दुईजनामा कोरोना पोजेटिभ देखिएपछि निर्माणाधीन अस्पतालमा राखेर उपचार सुरु गरिएको हो । 

यस अस्पतालमा तीनजना कोरोना पोजेटिभ र अन्य तीनजना आरडिटीमा पोजिटिभ देखिएकालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।  जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले कुल ६ जनालाई आइसोलेसनमा राखेको बताए । उनीहरू सबैको अवस्था सामान्य रहेको उनको भनाइ छ । अस्पतालमा रहेका बिरामीमध्ये एकजना धनुषाका हुन् । 

दुईवटा भवन रहेको जलेश्वर अस्पतालले कोरोना उपचारका लागि नयाँ भवन तयार पारेको छ । पुरानो भवन मर्मत गरी त्यसमा अस्पतालले नियमित सेवा प्रवाह गर्दै आएको छ ।

जलेश्वर अस्पतालले ५० बेडको आइसोलेसन तयार गरिसकेको छ भने आइसियू कक्ष पनि तयारी गरिरहेको छ । आइसियूमा आवश्यक भेन्टिलेटर ल्याउने प्रयास भइरहेको अध्यक्ष पाण्डेयले बताए ।