मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वीरेन्द्र अाेली
२०७५ पौष ३ मंगलबार ११:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा स्थायी समिति बैठकमा सरकारको चर्काे आलोचना

भीम रावलले पेश गरे फरक प्रतिवेदन

Read Time : < 1 मिनेट
वीरेन्द्र अाेली
२०७५ पौष ३ मंगलबार ११:४५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठक सकिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न स्थायी समिति बैठक बसेको हो । 

आज बिहान आठ बजे सुरु भएको बैठकमा आठ जना स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी एकतामा ढिलाई गर्न नहुने सुझाव दिएको र सरकारको काम प्रति असन्तुष्टी पनि व्यक्त गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

आजको बैठकमा केशव बराल, टोपबहादुर रायमाझी, भीम रावल, शंकर पोखरेल, योगेश भट्टराई, सत्य नारायण मण्डल, साेमनाथ प्यासी र पृथवी सुब्बा गुरुङले बोलेका थिए । प्रत्येक सदस्यलाई धारणा राख्नको लागि २० मिनेटको समय दिइएको थियो । सोमबारको बैठकमा १० जना सदस्यले धारणा राखेका थिए । 

प्रवक्ता श्रेष्ठका अनुसार भोली पनि सोही समयमा बैठक डाकिएको छ । बैठकबाट बाहिरिँदै वरिष्ठ नेता झलनाथ खनालले पार्टी र सरकारलाई जीवन्त बनाउने ढंगमा छलफल भएको बताए । आजको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेता भीम रावलले फरक प्रतिवेदन पेश गरेका छन् । 

ओलीसँग वामदेवको आक्रोश, ‘मलाई राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्