१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १३ मंगलबार २१:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शुल्क लिएर र्‍यापिड टेस्ट नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १३ मंगलबार २१:५६:००

सर्वोच्च अदालतले कम आय भएका, विपन्‍न, गरिबीको रेखामुनि रहेका वर्गका लागि निजी स्वास्थ्य संस्थाबाट शुल्क लिएर र्‍यापिड डाइग्नोष्टिक किट (आरडिटी)बाट कोरोना परीक्षण नगराउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एक इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।

कम आय भएका, गरिबीका रेखामुनि रहेका, लुकिछिपी र समूहगत रूपमा नेपाल प्रवेश गरी कोरोनाको जोखिममा परेका समूह, व्यक्ति, सोको लक्षण देखिएका जिल्लाभित्रको कुनै क्षेत्रका व्यक्तिहरू र भारतबाहेक तेस्रो मुलुकबाट आउने विपन्‍नहरूका लागि शुल्क तिरेर र्‍यापिड टेस्ट गर्न दिने सरकारको योजना कार्यान्वयन नगर्न आदेश दिएको हो । यसबाहेकका व्यक्तिले भने शुल्क तिरेर निजी स्वास्थ्य संस्थाबाट आरडिटी किटबाट कोरोना परीक्षण गराउन पाउनेछन् ।

अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाललगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले निजी स्वास्थ्य क्षेत्रलाई शुल्क लिएर र्‍यापिड किट प्रयोग गरी कोरोना परीक्षण गर्न दिने निर्देशिका किन जारी गरेको भनी औचित्य पुष्टि गर्न स्वास्थ्य मन्त्रालयलाई छलफलका लागि झिकाएको छ ।

यसअघि २ जेठमा स्वास्थ्य मन्त्रालयले शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट पनि र्‍यापिड टेस्ट गराउन पाउने निर्णय गरेको थियो ।