मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १३ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार

आज साँझ सर्वदलीय बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १३ मंगलबार १५:०४:००

आज (मंगलबार) साँझ संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने सर्वदलीय बैठक बस्दै छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेकै भोलिपल्ट सर्वदलीय बैठक आह्वान गरिएको हो । 

सोमबारको सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकार सम्पूर्ण सामर्थ्यका साथ कोरोनो भाइरसको महामारीको रोकथाम र नियन्त्रणमा केन्द्रित हुन लागेको बताएका थिए । 

यसअघि भारतबाट अतिक्रमित सीमा समस्याबारे छलफलका लागि सर्वदलीय बैठक डाकिएको थियो । 

मंगलबारको बैठकमा नेपालको नयाँ नक्साअनुसार निसान छाप सच्याउनका लागि सरकारले संसदमा दर्ता गरेको  संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारीको रोकथाम र नियन्त्रणलगायतका विषयमा छलफल गर्ने गरी बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

निसान छाप सच्याउने उद्देश्यले दर्ता भएको संशोधन प्रस्तावमा प्रमुख विपक्षी कांग्रेसले समर्थन जनाइसकेको छ भने जनता समाजवादी पार्टीले भने त्यससँगै आफूहरूले राख्दै आएको मागसमेत समेटेर संशोधन हुनुपर्ने माग अघि सारेको छ ।