१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
किरण दहाल काठमाडौं
२०७७ जेठ १३ मंगलबार १४:३१:००
Read Time : > 1 मिनेट
समाचार

सांसद पार्वतीकुमारी बिसुंखे भन्छिन्– भेदभावविरुद्ध ऐन पास भएकै दिन भेदभावको उद्देश्यले आक्रमण हुनु लज्जास्पद

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडौं
२०७७ जेठ १३ मंगलबार १४:३१:००

सांसद पार्वतीकुमारी बिसुंखेले संसदबाट भेदभाव र छुवाछुतविरुद्धको ऐन पास भएकै दिनको स्मरणमा उत्सव मनाउनुपर्नेमा सोही दिन दलितमाथि आक्रमणको घटना भएर  लज्जास्पद अवस्था आएको बताएकी छिन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्कालीन व्यवस्थापिका संसदबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ जेठ १० गते पास भएकै दिन उत्सवको रूपमा मनाउनुपर्ने दिन जातीयताको द्वेषका कारण तीन जनाको ज्यान गएको बताएकी हुन् । 

‘जहाँबाट उत्पीडनमा परेका वर्ग तथा समुदायले अपनत्व गर्ने शासनसत्ता ल्याउनुपर्छ भनी सुनौला सपना बाँडेर तत्कालीन माओवादी पार्टीले जनयुद्धको घोषणा गरेको थियो, त्यो जनयुद्धमा सहिद भएको दलितको सपना यही थियो सभामुख महोदय जातकै कारण मारिने ?’ उनले भनिन्र, ‘तीनजना मारिनुमा चौरजहारी– ८ का वडा अध्यक्षको नेतृत्वको ठूलो जत्थाले घेराबन्दी गरी कुटीकुटी बीभत्स हत्या गरी भेरी नदीमा फालेको देखिन्छ ।’

उनले दुवैको मन मिलेर प्रेम गरेको र हित्तचित्त मिलेर प्रेमिकाले लिन आइज भनी गरेको आग्रहमा जन्ती लिएर आफ्नी प्रेमिकालाई बेहुली बनाई ल्याउँछु भन्नु महापाप हो ? भनी प्रश्न गरिन् । 

उनले अन्तर्जातीय प्रेमकै कारण जाजरकोटका नवराव विकजस्तै धेरैले ज्यान गुमाउनुपरेको तीतो यथार्थ देशमा रहेको भन्दै त्यस्ता गतिविधि न्यून गर्न कडा कदम चाल्न माग गरिन् । 

‘धादिङमा मारिका काभ्रेका अजित मिजार जस्को मुर्दा शरीर चार वर्षदेखि शिक्षण अस्पताल महाराजगन्जमा न्यायको पर्खाइमा छ, रुपन्देहीकी दलित महिलाको अन्तर्जातीय विवाहकै कारण यही १० गते हत्या गरी रूखमा झुन्ड्याइएको छ, चिया पसलको चुलो छोएको निहुँमा, दलित जनप्रतिनिधिले आत्मासम्मानका लागि बोलेको निहुँमा र छोराले अन्तर्जातीय विवाह गरेकै कारण बाबुको हत्या कहिलेसम्म हुने ? ’ उनले भनिन् । 

उनले नेपाल निर्माणमा बिसे नगर्चीदेखि १० वर्षे जनयुद्ध र ०६२–०६३ को १९ दिने जनआन्दोलन सफल पर्नेमा दलित समुदायको योगदान कम नभएको बताइन् । 

उनले ६० लाख दलित समुदाय न्यायको भोको रहेकाले न्यायका लागि फुको सातु नभई प्युरिफाई भएको पानी आवश्यक रहेको बताइन् । 

त्यसका लागि घटनामाथि सत्यतथ्य छानबिन गरी पीडितलाई न्यायको प्रत्याभूति दिन उनले माग गरिन् । 

उनले यस घटनामा अध्ययन–अनुसन्धान गर्न स्वतन्त्र प्रकृतिको उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन माग गरिन् । उनले उच्चस्तरीय संसदीय समिति बनाउन पनि माग गरिन् ।