मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १३ मंगलबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार १०:४०:००

झापाको गौरीगन्ज गाउँपालिका- २ लालमाटीमा जंगली हात्तीको आक्रमणबाट एक भारतीय युवकको मृत्यु भएको छ।

गाउँमा आएको हात्तीलाई लखेट्ने क्रममा नेपाली भूमिमा आइपुगेका २५ वर्षीय साइँलो मुर्मुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए।

राससका अनुसार छावासहित आएको हात्तीले सोमबार युवकलाई आक्रमण गरेको हो। आक्रमणमा परी भारतको सिंगीमारी-६ घर भएका मुर्मुको घटनास्थलमै मृत्यु भएको हो।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासि आक्रमण गरेको हो। 

हात्ती खेद्न दशगजा कटेर आएका भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ। घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

गत साता कचनकवलमा जंगलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो।