१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १३ मंगलबार ०६:५७:००
Read Time : < 1 मिनेट
अर्थ

एभरेस्ट प्यारेन्टरल्सद्वारा भिटिएम किट उत्पादन सुरु

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार ०६:५७:००

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित एभरेस्ट प्यारेन्टरल्स प्रालिले भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम)को उत्पादन सुरु गरेको छ । नेपामै पहिलोपटक उत्पादन गरिएको भिटिएम मुख तथा नाकबाट लिइएको स्वाब परीक्षणका लागि ल्याबसम्म सुरक्षित रूपमा पु-याउन प्रयोग हुने कम्पनीको भनाइ छ ।

कम्पनीले उत्पादन गरेपछि कोभिड–१९ (कोरोना)को महामारीमा पिसिआर टेस्टका लागि नभई नहुने भिटिएमका लागि अरू मुलुकको मुख ताक्नुपर्ने अवस्था अन्त्य हुने कम्पनीको दाबी छ । 

‘पटक–पटक भिटिएम अभावका कारणले गर्दा पिसिआर परीक्षणमा बाधा परिरहेको अवस्थामा नेपालमै उत्पादन सुरु गरिएको हो,’ एभरेस्ट प्यारेन्टरल्सका प्रबन्ध निर्देशक उमंग राणासरियाले भने, ‘न्यूनतम मूल्यमा उच्च गुणस्तरको भिटिएम उपलब्ध गराउने हाम्रो अठोट छ ।’ कम्पनीको आफ्नै उच्चस्तरीय प्रयोगशालामा प्रत्येक ब्याचको परीक्षण गरिने तथा अन्य क्षमतायुक्त बाहिरका ल्याबमा समेत परीक्षण गराएर मात्र भिटिएम बजारमा पठाइने उनको भनाइ छ । 

वरिष्ठ फार्मासिस्ट तथा कम्पनीका बिक्री–वितरण प्रमुख विवेकसिंह महतका अनुसार एभरेस्ट प्यारेन्टेरल्सद्वारा उत्पादित भिटिएम नेपालकै पहिलो र एक मात्र कोरोना भाइरस स्पेसिफिक भिटिएम भएको बताए । सिडिसी, अमेरिकाको कोरोनासम्बन्धी भिटिएमको निर्देशिकाको पूर्ण पालना गरी बनाइएको उनले जानकारी दिए । एभरेस्ट प्यारेन्टरल्ससँग हाल दैनिक करिब १५ हजार ट्युब भिटिएम उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए ।