मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जुलियन जेलिजर
२०७७ जेठ १३ मंगलबार ०६:११:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

ओबामाविरुद्ध खनिँदा ट्रम्पले के पाउँछन् ?

Read Time : > 2 मिनेट
जुलियन जेलिजर
२०७७ जेठ १३ मंगलबार ०६:११:००

बाइडेनको ओबामासँग घनिष्टता छ र ओबामा अहिले पनि अमेरिकी जनताका आदर्श हुन्

लुक महामारीबाट गुज्रिरहेको छ, राष्ट्रपति डोनाल्ड ट्रम्प भने ‘ओबामागेट !’ भन्दै पूर्वराष्ट्रपति बाराक ओबामालाई अपराधी करार गर्न समय खर्चिरहेका छन् । गत साताभर ट्रम्प ओबामा उनीविरुद्ध ‘कु’ गर्न लागेका थिए भन्ने षड्यन्त्रको सिद्धान्त ट्विटरमा फैलाउँदै थिए । तर, वासिंटन पोस्टका संवाददाताले ओबामाले गरेको कार्य प्रस्ट्याउन लगाउँदा ट्रम्पले चित्तबुझ्दो जवाफ दिन सकेनन् र भने– यो सबैलाई थाहा छ, आफ्नो बाहेक अरू पनि पत्रपत्रिका हेर्नुहोस् । ‘ओबामाको प्रशासन काण्डले परिभाषित गर्छ’ भन्दै शनिबार बिहान पनि ट्विट गरेका थिए । 

आफ्नो प्रतिद्वन्द्वी जो बाइडेनलाई गिराउन उनी ओबामालाई गाली गर्दै छन् । ट्रम्पलाई थाहा छ, उनलाई प्रिय नेताको रूपमा लिइँदैन । उनका पिछलग्गुले रुचाए पनि उनले लिएको नीतिका कारण धेरै मतदाता असन्तुष्ट छन्, राष्ट्रपतिका रूपमा उनको कार्य सम्पादन सफल छैन । यिनको सुशासन रेटिङ ५० प्रतिशतभन्दा अधिकले गिरेको छ ।

ट्रम्पले के गर्न सक्लान् ? फैलँदो महामारी र गिर्दो अर्थतन्त्रका दौरान कसरी चुनाव जित्न सक्लान् ? त्यसैले आफ्नो विपक्षीलाई पनि आफूजस्तै ‘नालायक’ करार गरेर विपक्षीप्रति मतदाता विकर्षित पार्नु नै एउटा विकल्प हो । २०१६ मा हिलारी क्लिटनविरुद्ध पनि उनले यही गरेका थिए । उनको प्रतिष्ठा धमिल्याउन ट्रम्पले हुनेसम्म गरेका थिए । संस्थाका लागि व्यक्तिगत इमेल प्रयोग गरेका कुरासम्म बाहिर ल्याइदिएका थिए, पछि इमेलको दुरुपयोग नभएको भन्दै उनले सफाइ पाएकी थिइन् । 

अहिले बाइडेनविरुद्ध पनि उनी यस्तै गर्दै छन् । चुनौती सहज छैन । बाइडेन इमानदार जननेता हुन् र उनी धेरै व्यवधानसँग लडेर र खारिएर यहाँसम्म आइपुगेका हुन् । सिनेटर तारा रिडले लगाएको यौन दुव्र्यवहारको आरोपविरुद्ध उनी सशक्तसँग उभिए र राष्ट्रपति उम्मेदवार बन्न त्यसले कत्ति पनि बाधा पुगेन । बाइडेनको ओबामासँग घनिष्टता छ र ओबामा अहिले पनि अमेरिकी जनताका आदर्श हुन् । 

ट्रम्पका लागि आफ्नो विपक्षीलाई पनि आफूजस्तै ‘नालायक’ करार गरेर विपक्षीप्रति मतदाता विकर्षित पार्नु नै एउटा विकल्प हो ।

सुरुमा त ट्रम्पले बाइडेनका छोरा हन्टर बाइडेनको वैदेशिक व्यापारको विषय उधिनेर बाबुछोरालाई नै भ्रष्ट करार गर्ने कोसिस गरे । तर, दुवैविरुद्ध केही तथ्य फेला परेन । बरु तोप ट्रम्पतिरै सोझियो र उनलाई शक्ति दुरुपयोग गरेको आरोप लाग्यो । यसले बाइडेनलाई नै बल पुग्यो ।

अहिले बाइडेनलाई दोस्रो चरणको आक्रमण हुँदै छ । उप–राष्ट्रपतिको उनको कार्यकाल एउटा सबल पक्ष हो । त्यतिवेलाको इराक युद्धलगायतका पक्षमा किन मतदान गरियो भन्दै डेमोक्र्याट्सका विपक्षीले बाइडेनलाई आरोप लगाउँछन् । तर, सबैलाई थाहा छ, मतदान गर्ने काम सिनेटरको हो, उपराष्ट्रपतिको होइन ।

ट्रम्प प्रशासनको कोभिड–१९ विरुद्धको अस्तव्यस्त तयारीले नै डेमोक्र्याट्सका लागि बाइडेनलाई ह्वाइट हाउस भित्र्याउन सजिलो पारेको छ । त्यसैगरी डेलवेरको कार्यालयबाट बाइडेन आफ्नो अभियान चलाइरहेका छन् भने अहिलेको प्रशासनका खराब नीति र कार्यहरू बाराक ओबामाले औँल्याइरहेका छन् । यो सिलसिला चुनावअघिसम्म कायमै रहन्छ ।

त्यसैले पनि ट्रम्पका ओबामाविरुद्धका यस्ता प्रतिक्रिया स्वाभाविक छन् । बाइडनलाई कमजोर बनाउन पनि उनी ओबामाविरुद्ध हात धोएर लागेका छन् । बाराकको प्रशासनलाई भ्रष्ट करार गराएर उनी तत्कालीन उप–राष्ट्रपति र अबका राष्ट्रपतिका प्रत्यासी बाइडेनलाई पाखा लगाउन चाहन्छन् ।

तर समस्या यहाँ के भएको छ भने ओबामा भ्रष्ट थिएनन् । त्यस्तो कुनै तथ्य छैन । अहिलेको प्रशासनको तुलनामा ओबामा प्रशासन त्यस्तो ठूलो काण्डमा पनि मुछिएन । यति हुँदाहुँदै पनि डोनाल्ड ट्रम्पले ‘ओबामागेट’ चिच्याउन छाडेका छैनन् । यो उनको सन् २०२० को चुनावी चाल हो । अब उनले आफूलाई रुचाउनुहोस् भनेर मतदातालाई फकाउन सक्नेछैनन्, त्यसैले अघिल्लो प्रशासनको खिल्ली उडाउँदै बाइडेनको प्रतिष्ठा घटाउनु नै उनका लागि एउटा विकल्प हो । 

(जेलिजर सिएनएनका राजनीतिक विश्लेषक तथा प्रिस्टन युनिभर्सिटीका इतिहासका प्राध्यापक हुन्­)
सिएनएनबाट