Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ जेठ १२ सोमबार २१:०१:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना भाइरस संक्रमण रोकथाम गर्न मनाङमा उच्च सतर्कता

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार २१:०१:००

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मनाङमा उच्च सतर्कता अपनाइएको छ । जोखिम रोक्न सशस्त्र प्रहरी बल नेपाल ३२ नम्बर गुल्म हेडक्वार्टर र जिल्ला प्रहरी कार्यालयले कार्यालयभित्रको आन्तरिक स्वास्थ्य सुरक्षा र बाह्य गतिविधिमा सतर्कता बढाएका छन् ।

आन्तरिक स्वास्थ्य सुरक्षाको निम्ति हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेक्वा मनाङका गुल्मपति डिएसपी रमेश भुवाजीले बताए । उनका अनुसार सशस्त्रले क्वारेन्टाइन स्थल र आइसोलेसन कक्षको नियमित सुरक्षा व्यवस्था मिलाउँदै आएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेक्वा मनाङका सूचना अधिकारी एवं इन्स्पेक्टर सुवास थापाले मनाङका ४ वटै स्थानीय तहमा कोरोनाबारे सचेतना र सन्देशमूलक सामग्री वितरण गरिरहेको बताए । 

जिल्लामा हालसम्म कोरोना संक्रमण नदेखिए पनि अन्य जिल्लामा संक्रमित बढ्दै गएको अवस्थामा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी मेखबहादुर कुँवरले बताए । उनका अनुसार जिल्लामा विपतकाे समयमा हुन सक्ने सम्भावित आपराधिक तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ ।

सरकारको निर्देशनबमोजिम जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्ला प्रवेश गर्ने मुख्य नाकासहित विभिन्न क्षेत्रमा नियमित अनुगमन गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।