मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १२ सोमबार २०:४९:००
Read Time : < 1 मिनेट
समाचार

अस्ट्रेलिया र इन्डोनेसियाबाट भारतद्वारा चार नेपालीको उद्धार

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार २०:४९:००

भारत सरकारले अस्ट्रेलिया र इन्डोनेसियाबाट चारजना नेपालीको उद्धार गरेको छ । भारतले आफ्ना नागरिक फर्काउने क्रममा नेपालीलाई पनि भारतसम्म ल्याएको हो । नेपाली दूतावासहरूसँगको समन्वयमा नेपाली नागरिकलाई भारतले सोमबार उद्धार गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

अस्ट्रेलियामा रहेका बोनम्यारो प्रत्यारोपणका बिरामी, उनका दाजु र बुबा गरी तीनजनालाई दिल्ली ल्याइएको छ । उनीहरूलाई दिल्लीस्थित बिएल कपुर मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको क्वारेन्टाइनमा उनीहरूलाई राख्ने बन्दोबस्त मिलाइएको भारतीय दूतावासका प्रवक्ता अभिशेक दुबेले जानकारी दिए । उनीहरूले कोभिड– १९ को नेगेटिभ सर्टिफिकेट तथा उडानका लागि सर्टिफिकेट पेस गरेका थिए । 

नेपाली दूतावासहरूको समन्वयमा भारतीय दूतावासले भारतीय नागरिकसरह सुविधा दिएर नेपाली नागरिकको उद्धार गरेको हो । अस्ट्रेलियाबाट भारतले उद्धार गरेकाहरूमा अर्जुनप्रसाद तिमल्सिना, विश्व तिमल्सिना र मुक्तिप्रसाद तिमल्सिना छन् । 

भारत सरकारले इन्डोनेसियाबाट चितवन रत्ननगर– ९ की सेविका ढकाललाई दिल्ली ल्याएको छ । उनी भारतको अम्बालास्थित महाऋषि मार्कण्डेय विश्वविद्यालयमा अध्ययनरत छिन् । विश्वविद्यालयबाट शैक्षिक आदानप्रदान कार्यक्रमअन्तर्गत उनी इन्डोनेसियामा थिइन् । उनीसँगै गएका अन्य भारतीय विद्यार्थी दिल्ली फर्केका छन् । इन्डोनेसियास्थित भारतीय दूतावासद्वारा जारी भिडिओमा ढकालले भारतले उसको नागरिकसरह व्यवहार गरेर आफूलाई उद्धार गरेको भन्दै खुसी व्यक्त गरेकी छिन् ।  

दुवै देशबाट भारतीय नागरिकसहितका नेपालीहरूलाई  एयर इन्डियाको विशेष उडानबाट ल्याइएको भारत सरकारले जनाएको छ ।