१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ १२ सोमबार १९:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

आमाबुबामा कोरोना संक्रमण, तर साथै रहेका एकवर्षे बालकको रिपाेर्ट नेगेटिभ

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार १९:३९:००

दैलेखस्थित डुंगेश्वर गाउँपालिकाका एक दम्पतीसँगै उनीहरूको एकवर्षे छोरा पनि साथमा छन् । शुक्रबार भारतबाट डुंगेश्वर आएका सबैको आरडिटी परीक्षण गर्दा ती दम्पतीमा कोरोना पोजेटिभ देखियो । त्यसपछि बालकसहित आमाबाबुको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । सुर्खेत प्रयोगशाला हुँदै नेपालगन्ज पठाइएको स्वाबको रिपाेर्टमा आमाबाबुमा पोजेटिभ आए पनि एकवर्षे बालकको रिपाेर्ट भने नेगेटिभ आएको छ ।  

उनीहरूलाई दैलेखको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा राखिएको छ । बालक पनि हाल उनीहरूकै साथमा छन् । बालकलाई अब संक्रमित आमाबुबासँगै राख्ने वा नराख्ने भन्ने टुंगो लागेको छैन । उनीहरूसँगै शनिबार दैलेखबाट पठाइएका सातजनाको रिपाेर्ट पोजेटिभ देखिएको छ । दैलेखमा संक्रमितको संख्या आठ पुगेको छ । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । 

संक्रमित सबै व्यक्ति क्वारेन्टाइनमा भएकै वेलामा स्वाब संकलन गरिएकाले समुदायमा फैलिन नपाएको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।