१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ १२ सोमबार १९:२१:००
Read Time : < 1 मिनेट
अर्थ

हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको विप्रेषण सेवा सुरु

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार १९:२१:००

हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले उद्घाटन गरी रेमिट्यान्स कारोबार सुरु गरिएको हाे ।

हङकङमा रहेका नेपालीले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५ सयभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध–निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्सको तर्फबाट निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् । नेपाल विप्रेषण पठाउँदा १ हप्ताका लागि निःशुल्क पठाउने व्यवस्था गरिएकोसमेत सिटी एक्सप्रेसले जनाएको छ ।