Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फोटो
२०७७ जेठ १२ सोमबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार

शैक्षिक वर्ष खेर जान नदिने गरी एसइई परीक्षाबारे छिट्टै आवश्यक प्रबन्ध गरिनेछ : प्रधानमन्त्री

‘भर्चुयल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन-पाठन सञ्चालन गरिने

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार १८:०८:००


प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक वर्ष खेर जान नदिने गरी एसइई परीक्षाबारे छिट्टै आवश्यक प्रबन्ध गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले शिक्षा मन्त्रालयले सिंगो शैक्षिक वर्ष खेर जान नदिन छिट्टै प्रबन्ध मिलाउने बताएका हुन् । 

प्रधानमन्त्रीले भनेका छन्- महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन हुनुभन्दा दुई दिन अगाडि स्थगित गर्नुपरेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौँ विद्यार्थी अहिले अन्योलमा छन् । अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन । तसर्थ, एसइईका परीक्षार्थी विद्यार्थीहरूको सिंगाे शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ । आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरूमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठन-पाठन सञ्चालनको काम अघि बढाउनेछ ।