प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज साँझ साढे ५ बजे देशका नाममा सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
उनले आफ्नो सम्बोधनमा हालै सरकारले जारी गरेको देशको नयाँ नक्सा, लकडाउनलगायतका विषयमा उल्लेख गर्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्रीको सम्बोधनअघि आज नै मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ ।
मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्नेछ ।
कोरोना महामारीका कारण विदेशका विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफलको सम्भावना छ ।