१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १२ सोमबार १४:४९:००
Read Time : < 1 मिनेट
समाचार

सेतीमा पौडी खेल्दा डुबेर युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार १४:४९:००

पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमबार तनहुँमा एक युवकको मृत्यु भएको छ। 

शुक्लागण्डकी नगरपालिकामा– ४ गाछेपानीका  रामबहादुर मगरको घरमा डेरा गरी बस्ने  २५–२६ वर्षका पप्पु नाम गरेका युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

नाम, थर र वतन खुल्न नसकेका ती युवा केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने काममा सक्रिय थिए। उनी एक्लै डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ।

शुक्लागण्डकी ४ र  ८ नम्बर वडा जोड्ने पक्की पुलभन्दा माथि सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। 

राससका अनुसार गाईवस्तु हेर्न गएका गोठालाले युवा नदीमा डुबेको देखेपछि प्रहरीमा खबर गरेका थिए। शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।