मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १२ सोमबार १३:१८:००
Read Time : < 1 मिनेट
समाचार

त्रिवि शिक्षण अस्पतालमा कोरोना परीक्षण गर्न ल्याब स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १२ सोमबार १३:१८:००

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाको पिसिआर परीक्षण गर्न ल्याब स्थापना गरिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार पिसिआर परीक्षण ल्याब स्थापना गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना गरिएको बताए । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले पनि नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा बढाउनका लागिसमेत पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न आग्रह गरिन् । उनले अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने पनि स्पष्ट पारिन् ।

शिक्षण अस्पतालमा ल्याब स्थापना गरिएसँगै देशभर पिसिआर परीक्षणका लागि सञ्चालन गरिएका ल्याबको संख्या १७ पुगेको छ । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्ने विश्वास लिइएको छ । त्रिविसँग तीनवटा पिसिआर मेसिन रहेका छन् । त्रिविले देशभर रहेका आफ्ना भौतिक संरचनाहरू आवश्यक परे प्रयोग गर्न पनि तीनवटै तहका सरकारसँग आग्रह गरेको छ ।