१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ १२ सोमबार १२:३१:००
Read Time : < 1 मिनेट
समाचार

तामाकोसीले बगाउँदा दुई युवा बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार १२:३१:००

दोलखामा तामाकोसी नदीले बगाउँदा आइतबारदेखि दुई युवा बेपत्ता भएका छन्। एक युवालाई माछा मार्न गएको वेला र अर्कालाई पौडी खेल्न गएको वेला नदीले बगाएको प्रहरीले जनाएको छ। 

आइतबार साँझदेखि नै उनीहरूको खोजी भइरहे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेसम बोहराले जानकारी दिए। 

राससका अनुसार बेपत्ता हुनेमा दोलखाको मेलुङ गाउँपालिका– १ पवटीनिवासी ३६ वर्षीय दीपक भुजेल र कालिञ्चोक गाउँपालिका– ७ ठूलाखेतका १९ वर्षीय नवराज पौडेल छन्। भुजेलाई आइतबार चैतेघाटस्थित तामाकोसी नदीमा माछा मार्न गएको वेला बाढीले बगाएको हो। 

त्यस्तै, कालिञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोसीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाे प्रहरी निरीक्षक बोहराले जानकारी दिए। 

बेपत्ता दुवैको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको छ।