१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ १२ सोमबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ १२ सोमबार ११:००:००

थप सातजनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

प्रदेश प्रयोगशालामा गरिएको पाँचजनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पुनः पुष्टिका लागि नेपालगन्ज पठाइएको थियो । नेपालन्जमा गरिएको पुनः परीक्षणमा पाँचैजनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक डा. रीता भण्डारी जोशीले जानकारी दिइन् ।

नयाँ संक्रमितमा दैलेख सदरमुकाम नारायण नगरपालिका– ३ का १५ वर्षीय र अर्का एक किशोर छन् । त्यसैगरी त्यसैगरी डुंगेश्वर गाउँपालिकाका २९ वर्षीय पुरुष, उनकी २७ वर्षीया श्रीमती र सोही ठाउँका २७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । उनीहरू सबै भारतबाट आएका हुन् ।

संक्रमण पुष्टि भएका पाँचैजनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङमा रहेको कोरोना आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।

त्यसैगरी प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पनि थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशमा यसअघि सुर्खेतका तीनजना र दैलेखका एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।